कास्की दरवारमा फुलपातीको दिन लोपउन्मुख सरुङ खेल प्रर्दशन हुने
कास्की | असोज ११, २०७९
पोखरा : कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरिकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पाणा पुजारीहरु मन्दिरमानैबसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ ।
वडा दशैमा नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनुभयो । कास्कीकोटमा दशैको वेलामा बजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगायत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।
कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरिकाले मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटवाट ल्याइएको फुल पत्र र कुँवर जातिको सरुङ खेल सगै मन्दिरमा भित्राइने प्रचलन रहेको छ ।
अष्टमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ ।
दशै उत्सवमा भक्त-जनहरुको सजिलोको लागी विभिन्न उप-समिती निमार्ण गरिएको छ । गुप्तकालीका मन्दिरमा दशैको दश दिन दैनिक विभिन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन-विश्वास रहेको छ ।
यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ । यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरीन्छ । । लामो सय सम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् यस पटक पुजालाई व्यवस्थीत वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान बोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोग सगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरतबहादुर अधिकारीले बताउनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

